मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’

  • ५ मंसिर २०७५, बुधबार

मोरङको बेलबारीमा केही अनुभवी विशेषज्ञ डाक्टरहरु मिलेर अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् ।

दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति  बढिरहेको बेला बेलबारीस्थित पश्चिम बस स्टेसनको दक्षिणपट्टीको घरमा ठाउँमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने ‘रुद्राक्ष डेन्टल क्लिनिक’ खुलेको हो ।

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र टिचिङ हस्पिटल महाराजगन्जबाट अध्ययन पूरा गरी केही बर्षको अनुभव समेत लिइसकेका युवा डा. अविनास चौधरी, डा. अजित कुमार र डिएच राकेश साह मिलेर सो क्लिनिक संचालनमा ल्याएका हुन् ।

क्लिनिकमा मुखमा घाउ हुने, गिजा सुन्निने, दांतको इन्पेक्सन, लगायत दांत र मुख सम्बन्धि सम्पुर्ण रोगहरुको उपचार गरिन्छ । क्लिनिकमा दांत भर्ने, नमिलेका बंगोटिंगो दांत मिलाउने ( फिक्स अर्थो), दांत खोल्ने, खोल्न मिल्ने दांत लगाउने (आर्पिडी),  सबै दांत लगाउने (सिडी) र फिक्स दांत लगाउने (एफपीडी) लगायतका सबै सुबिधा उपलब्ध भएको डा. अविनास चौधरीले जानकारी दिए ।

क्लिनिकको मंसिर ३ गते बेलबारी नगरपालिकाका प्रबक्ता, वडा नम्बर ३ का वडाध्यक्ष तथा ब्यापार प्रबन्ध समिति बेलबारीका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले उद्घाटन गरेका छन् ।

वरपर विशेषज्ञ डाक्टरबाट सेवा दिने क्लिनिक खासै नभएको, जनसंख्या र बजारका हिसाबले उपयुक्त स्थान भएकोले आफुहरुले बेलबारी रोजेर क्लिनिक संचालन शुरु गरेको अर्का डाक्टर राकेश साहले बताए ।