कुपीमा जलेर घाइते भएकी वालिकाको उपचारका क्रममा मृत्यु

  • १४ मंसिर २०७५, शुक्रबार

मोरङको बेलवारी नगरपालिकामा ७ बाहुनीमा तीन बर्षिया एक बालिकाको कुपी बत्तीमा डढेर ज्यान गएको छ ।

घरमा बालेको कुपी बत्तिमा सल्किदा डढेर घाइते भएकी नवल किशोर चौधरीकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

बुधवार साँझ ६ बजेको समयमा खेल्ने क्रममा घरमा बालेको कुपीले पोल्दा गम्भीर घाईते भएकी बालिकालाई उपचारको लागि तत्काल बी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारको क्रममा अस्पतालमा उनको बिहीबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।