मोरङ। पश्चिमी नेपालका ब्यापारीहरुलेे पुर्वी तराइमा विभिन्न सरसामानकाे ब्यापार गरेेर राम्रो आम्दानी गर्दै अाएका छन् ।
बेरोजगारीको कारण देखाउंदै दिनहुुँ युवाहरू बिदेश पलायन भइरहेका बेला खासगरी पश्चिम पहाडका जिल्लाहरुबाट ब्यापारीहरु पुर्वमा आउने गरेका हुन् । कालिकोट, सुर्खेत, बझाङ, जाजरकोट लगायतका पश्चिम पहाडका विभिन्न जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा व्यापार गर्न आउने उनीहरूले दैनिक लाखौंको ब्यापार गर्ने गरेका छन् । पुर्वमा आएर ब्यापार गर्नेहरूले गलैँचा, पत्थर र जाडोका कपडा बेच्ने गरेका छन् ।
गलैंचाको ब्यापार गर्ने ब्यापारी बाह्रैमहिना देखिए पनि खासगरी जाडोयाम शुरु भएपछि ब्यापारीहरु थपिन्छन् । गाउँबाट निस्केपछि केहि व्यक्ति मिलेर काठ्माण्डौ, पाल्पा लगायतका ठाउँबाट कपडा खरिद गरी पुर्वको कुनै ठाउँमा कोठा भाडामा लिएर बस्छन् अनि ब्यापार सुरु गर्छन् ।
पुर्वको पायक पर्ने ठाउँमा कोठा भाडामा लिएर बस्ने उनीहरु बिहानै कपडाको भारी लिएर सार्वजनिक गाडीको प्रयोग गरेर सुनसरी, मोरङ र झापाका गाउँगाउँमा पुग्छन, दिनभरी ब्यापार गर्छन् अनि बेलुका कोठामा जम्मा हुन्छन् ।
मोरङको सुन्दरहरैचामा कपडा बेच्दै हिडेका कालिकोटका सुजन पाण्डेले आफुसंग कपडा ब्यापार गर्ने कला भएकोले भदौ महिना लागेसँगै ब्यापार गर्न पुर्व आइपुगेको बताए ।उनले भनेे ‘ब्यबहार चलाउनका लागि आफुले जानेको काम गर्न पुर्वका बिभिन्न स्थानमा पुग्छौ, बिहानको खाना जहाँ पुग्यो त्यही खान्छौ, बेलुका इटहरीमा रहेको कोठामा भेला हुन्छौ ।”
काँधमा र हातमा फाइबर सिरक, गलैचा, तन्ना, सोफा सेट लगायतका कपडाकाे ब्यापार गर्न पैदल हिडेका उनले बुधबार मोरङ सुन्दरहरैैंचाको हरैंचामा अबस्थित हरैचाकी बिमला गुरागाइंंको घरमा तीन वटा फाइबर सिरक बेचे । बजार गएर आवश्यक परेको सामान खोजिरहने झन्झट गर्नु नपरी घरमै सिरक किन्न पाउंदा गुरागार्ई पनि मख्ख थिइन् ।
दिउंसो एक्लै वा दुइ जनाको समुहमा ब्यापार गर्न हिड्ने पश्चिमका ब्यापारी नयाँ ठाउंमा नयाँ मानिससँग बोल्न सिपालु हुन्छन् । उनीहरु पुगेका सबै घरमा सामान त बिक्री हुदैनन् तर मिठो बोल्दै आवश्यक परे फेरि पनि सम्झनुहोला नि भन्दै हिड्छन् । यसरी उनीहरू घरघरमै पुग्दै कपडा बेच्छन् ।
हिउंदभरि ब्यापार गरेर बर्खा लागेपछि भने उनीहरु आफ्नै घर पुग्छन् । – अनिल बरालको सहयोगमा