उत्कृष्ट १२ मा परेपनि मिस वर्ल्डको ताज जित्न सकिनन् शृङ्खलाले, मेक्सिकोले जित्यो मिस वर्ल्ड

  • २२ मंसिर २०७५, शनिबार

दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेपनि मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को उपाधि जित्ने सपना अधुरो बनेको  छ ।

उनी मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी थिइन्  तर अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भइन् ।

उत्कृष्ट १२ मा परेपछि उनले घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन् । शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छिन् ।

उनले उपाधि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकेको’ नेपालीहरुले सामाजिक संजाल मार्फत  प्रतिक्रिया दिएका छन् । उनले साथ र सहयोगका निम्ति नेपाल र समर्थकलाई धन्यवाद दिएकी छिन् ।

मिस वर्ल्डको ताज मेक्सिकोलाई 

मेक्सिकोकी भेनेसा पोन्चले मिस वर्ल्डको ताज पहिरिएकी छिन्  । त्यस्तै फस्ट रनरअप थाईल्याण्डकी निकोलेन लिम्सनुकन भएकी छन् । जमईका, मेक्सिको, युगान्डा , बेलारस र थाईल्याण्ड उत्कृष्ट ५ मा परेका थिए ।