भजनकीर्तन लोप हुँदै गए ग्रामीण भेगका बस्तीहरुमा

  • २७ मंसिर २०७५, बिहीबार

दिपेन्द्र यादव, इनरुवा । अहिलेको डिजिटल युगका युवापुस्ताहरुको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाका ग्रामीण भेगका विभिन्न बस्तीहरुमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेका छन ।

भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्ताहरुमा अहिलेको आधुनिक जमानामा रक, पप र विदेशी गीतप्रतिको मोहले भजनकीर्तन जोगाउन मुस्किल हुँदै गएको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए ।

वडाध्यक्ष यादवका अनुसार करीब एक दशकयतादेखि गाउँ भन्दा शहरबजारमा नै देखिन र सुनिन छाडेको भजनकीर्तन अहिले कम मात्रामा सुनिन थालेको बताए ।

त्यस्तै भजन कृतनका मण्डलीहरुलाई गाउँघरमा समेत विस्तारै खोज्नुपर्ने अवस्थामा पुगेको पण्डित राधारमण दास बताए । “हिन्दूलाई विदेशी धर्मले आक्रमण गरेको छ । धर्मको जर्गेना गर्ने भजनकीर्तन हराउँदै गएका छन्” ।

यता भजनको पुरानै मार्मिकतालाई निरन्तरता दिन सरकारी निकायबाट कार्यक्रम तथा धार्मिक मन्दिरबीच सहकार्य आवश्यकता रहेको भजनकीर्तन मण्डलीका अगुवा हरिकिसुन मण्डलको भनाइ छ । धार्मिक क्षेत्रका जानकारले वडास्तरमै भजनकीर्तन समूह बनाएर युवालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिएपनि गाउँपालिकाको सहयोग नगाएकाले उनीहरु निराश बनेका छन् ।