श्रष्टा समाजद्वारा प्रकाशित गाउँ बेंसीका फुलहरु बिमोचन, पर्यटकीय स्थलमा श्रष्टाहरुको भ्रमण

  • २९ मंसिर २०७५, शनिबार

केशु विरही, बेलबारी माेरङ/ मोरङको बेलबारीमा श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार ‘गाउँ बेंसीका फूलहरु’ नामक साहित्यिक पत्रिकाको विमोचन साहित्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

विगत लामाे समयदेखि माेफसलकाे साहित्यिक विकासमा महत्वपूर्ण भूमिका निभाउदै अाएकाे संस्था स्रष्टा समाज बेलबारीले कविता, कथा, गीत, गजल, समालाेजनाजस्ता विभिन्न विधालाई समेटिएकाे साहित्यप्रधान पत्रिका “गाउँबेँसीका फूलहरु” प्रकाशनमा ल्याएकाे हाे ।

साे पत्रिका विमाेचन कार्यक्रममा प्रा. डा. सुषमा अाचार्य, पश्चिम वङ्गाल विस्वविद्यालय नेपाली विभागका प्रमुख डा. रेमिका थापा, कवि मनप्रसाद सुब्बा, डा. रमेश क्षेत्री,  अमर बानिया लाेहाराे,देवराज शर्मा, मेहरमान सुब्बा, रेमिका थापा, जयकुमार राई, मुक्तिनाथ शर्मा, कैलाश पाण्डे, अनिल पाैड्याल, बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, सुन्दरहरैचाकाका उपप्रमुख धना तामाङ, समिक्षक द्वय पुरुषाेत्तम सुवेदी र डा. रामजी तिम्सिना, विराट साहित्य समाजका अध्यक्ष माेहन काफ्ले, सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई लगायतकाे सहभागिता रहेकाे थियाे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यतामा भएको साहित्यिक कार्यक्रममा सिक्किम, दार्जिलिङ र नेपालका गरी धेरै साहित्यकार तथा श्रष्टाहरुको उपस्थिती थियो ।

विमाेचित पत्रिकाकाे शैली र शिल्पकाे वारेमा समिक्षक पुरुषाेत्तम सुवेदी तथा कृतिभित्र रहेका रचनाका विषयवस्तु र विचारका पक्षका वारेमा डा. रेमिका थापाले गहन टिप्पणी गरेका थिए ।

साथै साे अवसरमा पूजा अाराधना, ईरान राई, अाभा सेतु सिंह, लक्ष्मी थापा, अमर बानिया लाेहाराे, ताराबहादुर बुढाथाेकी, मेहरमान सुब्बा, मनप्रसाद सुब्बा लगायतका स्रष्टाहरुले अा-अाफ्ना रचनाहरु बाचन गरेका थिए ।

साे अवसरमा गायकहरु कृष्णभक्त राई, गाेपाल नेपाल, सन्जिव धिमालकाे प्रस्तुति समेत रहेकाे थियाे ।

अाजै स्वर सम्राट नारायण गाेपालकाे जन्ममहिना परेकाेले गर्दा उनकाे गीत गाएर स्वरसम्राटकाे सम्झना गरिएकाे थियाे ।

स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने सचिव जेवि थुलुङले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले सिर्जनाका माध्यमबाट मुलुकलाई हानी नोक्सानी पुर्याउने खालका काम गर्न हुन नहुने बताए । उनले साहित्यकार र कलाकारका काँधमा मुलुकको ठूलो दायित्व र जिम्मेवारी रहेकाे र याे दायित्वबाट स्रष्टाले विमुख हुन नहुने वताए ।

स्रष्टाहरुकाे अवलाेकन भ्रमण 

स्रष्टा समाजले अायाेजना गरेकाे पत्रिका विमाेचन कार्यक्रम सुरु हुनुभन्दा अघिकाे समयमा देशविदेशबाट अाएका स्रष्टाहरुलाई बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक तथा पुरातात्विक महत्व बाेकेकाे स्थल धनपाल गढी र सुन्दरहरैचा नगरपालिकामा रहेका विभिन्न पर्यटकीय स्थलहरु तथा सुकुना बहुमुखी क्याम्पसकाे भ्रमण गराईएकाे थियाे ।

अाफ्नाे नगरका विभिन्न पर्यटकीय स्थलकाे भ्रमणमा निस्किएका भ्रमण टाेलीलाई सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धना तामाङ र सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराईले स्वागत गरेकी थिईन ।

साथै सुन्दरहरैचा नगरपालिकाले स्रष्टाहरुकाे लागि शनिबार नै दिवाभाेजकाे समेत व्यवस्था गरेकाे थियाे ।