दुई दुई रुपैयाँ घट्यो पेट्रोल र डिजल तर घटेन ग्यासको भाउ

  • ४ पुष २०७५, बुधबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ।

नेपाल आयल निगमको मंगलबार साँझ बसेको संचालक समििति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल ११०  र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ भएको छ ।  निगमले पेट्रोलयम पदार्थको मूल्य घटाए पनि हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखेको छ।

नयाँ मूल्य मंगलबार मध्यरातबाट लागू भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको बताइएको छ ।