मोरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदै, २५ सय तिर्दा परिवारकै बिमा हुने

  • ४ पुष २०७५, बुधबार

सुखी नेपाल, समृद्र नेपाल अभियान अन्तरगत नेपालका ४६ जिल्लामा लागू भइसकेको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ ।

बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङमा पनि यो कार्यक्रम लागू गर्न लागेको हो । बोर्डले हाल मोरङका स्थानीय तहहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ ।

‘तपाईको स्वास्थ हाम्रो अठोट’ भन्ने मूल नाराका साथ सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम यहि आर्थिक बर्षमा नेपाल भरि पु¥याउने लक्ष्य भएपनि ४७ औं जिल्लाको रूपमा मोरङमा कार्यक्रम लागू हुन लागेको छ । बिमामा अति बिपन्न परिवारको बिमा भने सरकारले गर्ने सहजकर्ता खगराज पोख्रेलले बताए ।

सरकारले जनताको हितमा अघि सारेको बिमा अन्तरगत २५ सय जम्मा गर्दा ५ जनाको एक परिवारले ५० हजार बराबरको स्वास्थ बिमा पाउने छन् । सबै जनतालाई स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन सरकारले आग्रह गरेको छ ।