धनकुटामा पुर्वकै पहिलो गोरु जुधाइ प्रतियोगिता सम्पन्न, चौरे गोरुलाई उपाधि

  • २ माघ २०७५, बुधबार

धनकुटाको पाख्रीवास नगरपालिका ७ मा पुर्वमै पहिलोपटक गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका महसुर राईको गोरु विजयी भएको प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष नविन वराईलीले जानकारी दिए ।
जम्मा १४ वटा गोरु सहभागी गराईएको प्रतियोगितामा महसुर राईको गोरु विजयी भएको हो । विजयी भएको गोरुलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी सोही अबसरमा खम्वामा चढेर भाले झार्ने प्रतियोगिता पनि सम्पन्न भएको छ । तीसजना प्रतियोगी सहभागी भएकोमा चन्द्र वहादुर थापाले २ किलोको भाले जितेका छन् ।
प्रतियोगिताका विजयीहरुलाई पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम आयोजक समितिका अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

प्रतियोगिता सञ्चालनका लागि पाख्रीवास नगरपालिकाले ४० हजार सहयोग गरेको थियो भने स्थानिय युवाहरुले ३० हजार संकलन गरेका थिए ।