निबन्ध शिरोमणि लामिछानेको जन्म जयन्ती मनाइयो

  • १३ माघ २०७५, आईतवार

शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार निबन्ध शिरोमणि शंकर लामिछानेको जन्मजयन्ती मनाइयो ।
जन्म जयन्ती कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए ।
यसै गरी युवाका हेराइमा शंकर लामिछाने सत्रमा निबन्धकार युवराज नयाँघरे, डा.ज्ञानु अधिकारी, रामप्रसाद पन्त, पवन आलोकले शंकरको लेखन कलाबारे चर्चा गरेका थिए । सबै वक्ताले शंकरको लेखनले नेपाली साहित्य सधैँ आलोकित हुने कुरा समेत बताएका थिए ।
अन्तक्र्रियामा डा. शान्ति गिरी, जयदेव भट्टराई, किशोर पहाडी, पद्मावती सिंह लगायतले पनि नेपाली निबन्ध र साहित्यमा शंकरको उँचो परिचय रहेको धारणा व्यक्त गरेका थिए ।