जिल्लिए बिराटचोक, इटहरी र दमकमा पुर्वराजा भेट्न खोज्ने सर्वसाधारण, यस्तो रहेछ कारण
- २५ माघ २०७५, शुक्रबार
बिराटचोकमा बुधबार दिउँसो राजावादीहरुको सानो ताउरमाउर थिएन । बिराटचोककै पश्चिमपट्टी राजमार्गमा बनाइएको स्वागतद्वार छेउमा राष्ट्रिय झण्डा लिएर विभिन्न पोशाकमा रङ्गिएका मानिसहरुको भिड मात्रै थिएन, रातो कार्पेट पनि बिच्याइएको थियो । छेउमा प्रहरी भेन सहित प्रहरी पनि खटिएका थिए । लाग्थ्यो ठुलै मान्छे आउनेवाला छन् । छेउमा गएर हेर्दा थाहा भो, त्यो भिड त पुर्व राजा बिराटचोक आउने खबरले पर्खिएको भिड पो रहेछ ।
सिमराबाट ३ सय किलोमिटर भन्दा लामो सडकमा आफैं सवारी चलाएर झापा हिंडेका पुर्व राजा ज्ञानेन्द्रले बाटोमै रोकिएर इटहरी, बिराटचोक र दमकमा उत्रेर सर्वसाधारणलाई पनि भेट्ने कार्यक्रम तय गरिएकोले राजावादी र सर्वसाधारण मानिसहरु पनि त्यसरी सडकछेउमा बसेका रहेछन् । मध्याह्नपछि पुर्वराजा आफैं गाडी हांकेर आए पनि तर सर्वसाधारण र समर्थकहरुलाइ भेट्दै नभेटी गाडीबाट हेर्दै हेर्दै सिधै हुइंकिए ।
सर्वसाधारण र समर्थकको फार्तिफुर्ती एकाएक हरायो । आफू आफै माला लगाएपछि सबै छिल्लबिल्ल भए, सर्वसाधारण जिल्ल परे । पूर्वराजा पत्नी कोमलको स्वास्थ्यमा आएकोले पुर्वका इटहरी, विराटचौक र दमकको चिया बगानको प्रवेशद्वार लगायतका ठाउँ–ठाउँमा आयोजित स्वागत कार्यक्रममा नभेटी गएका रहेेेछन्।
सिमराबाट ३ सय २१ किलोमिटर सडकमा आफैं सवारी चलाएर पूर्वराजा ज्ञानेन्द्र झापा आएका थिए। लहानदेखि ज्ञानेन्द्र पत्नी कोमललाई समस्या देखिएको शाहका सहयोगी फणिराज पाठकले बताएका छन् । उनका अनुसार सर्वसाधरणसँग भेटघाट र कुराकानी गर्ने कार्यक्रम तय गरिए तापनि पूर्वरानी कोमलको स्वास्थ्यमा आएको खराबीले सबै कार्यक्रम रद्ध गरिएको हो।
लामो बाटो र थकान भए पनि पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या देखिएकोले इटहरी, विराटचौक र दमकको चिया बगान प्रवेशद्वार लगायतका स्थानमा हुने स्वागतका कार्यक्रममा सहभागी हुन नसकेको उनले बताए । शाहले समय मिलाएर सर्वसाधारणसँग भेट्ने बताइएको छ । उनी केही समय दमक चिया बगानमा रहेको दरबारमा बस्नेछन् । – अम्बिका भण्डारी