खोर्सानेस्थित बालप्रतिभा बोर्डिङकाे २५ औं अभिभावक दिवस सम्पन्न

  • २८ माघ २०७५, सोमबार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचा, माेरङमा रहेकाे बालप्रतिभा ई. स्कुलले  आइतबार एक  कार्यक्रमविच  २५ औं अभिभावक दिवस सम्पन्न गरेकाे छ ।

२०५१ सालामा स्थापना भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे यस विद्यालयले  विविध कार्यक्रमविच अाफ्नाे २५ औं  अभिभावक दिवस सम्पन्न गरेकाे हाे ।

अभिभावक दिवसकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि एवम् प्रदेशसभा सांसद राजकुमार ओझाले ग्रामिणस्थानमा रहेर पनि बालप्रतिभाले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकाे संचालक तथा विद्यालय परिवारलाई वधाई दिए । ओझाले प्रदेस सरकार विद्यालयलाई प्रविधिमैत्री वनाउने कार्यमा लागिरहेकाे समेत वताए ।

सोही  अबसरमा वार्षिक परीक्षामा उत्कृष्ठ भएका छात्र छात्रहरुलाई पुरस्कार वितरण समेत गरिएकाे थियाे । साे अवसरमा बालप्रतिभा डान्सिङ आईडलका साथै विविध सांस्कृतिक कार्यक्रमहरु पनि संचालन गरिएकाे थिए ।

विद्यालयका प्रिन्सिपल गणेशप्रसाद दाहालले विद्यालयकाे वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।विद्यालयका संस्थापक प्रिन्सिपल गणेशप्रसाद दाहालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने शिक्षक नवीन भण्डारीले गरेका थिए ।