प्रदेश स्तरीय महिला फुटबलमा झापा र उदयपुर सेमीफाईनलमा

  • १६ फाल्गुन २०७५, बिहीबार

धनकुटा १५ फाल्गुण ,धनकुटामा संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको बुधबार भएको खेलममा झापाले तेह्थुमलाई र उदयपुरले इलामलाई हराउदै सेमीफाईनलमा पुगेका छन ।
झापा र तेह्थुम जिल्ला विच भएको पहिलो  क्वााटर फाइनल खेलमा झापाले तेह्थुमलाई शुन्यको विरुद्ध चार गोल गरेर तेह्थुमलाई हराउदै झापा सेमिफाईनलमा पुगेको हो । यसैगरी उदयपुर र इलामबिच भएको दोस्रो खेलमा उदयपुरले इलामलाई २ को विरुद्ध ३ गोल गरेर इलामलाई हराउदै उदयपुर सेमिफाईनलमा पुग्न सफल भयो ।
झापा र तेह्थुम बिच भएको खेलमा झापाका जर्सी नम्वर १२ की ममता राउतले आफ्ना टिमको तर्फबाट सम्पूर्ण चार गोलनै लगाएर म्यान अफ दी म्याच घोषित भएकाले उनलाई नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष सहिद स्मृती प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले पुरस्कार वितरण गर्नु भएको थियो ।
यसैगरी उदयपुर र इलामविच भएको खेलमा म्यान अफ दी म्याच घोषित भएकी उदयपुरकी जर्सी नम्वर १७ की मोनिका राईलाई धनकुटा उद्योग बाणिज्य संघकी उपाध्यक्ष तारा तुतुङ्गले पुरस्कार वितरण गर्नु भएको थियो । उक्त म्यान अफ दी म्याचको नगद पा्रयोजन एम के निर्माण सेवा धनकुटा ४ देव्रेवासका प्रोपाईटर सुमित्रा राईले गर्नु भएको थियो भने म्यान अफ दि म्याजको छनौट धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष गोविन्द्र राई लगायतको प्राविधक तथा छनौवट समितिले गरेको हो ।

सो अवसरमा ताप्लेजुङ्ग जिल्ला फुटवल संघका अध्यक्ष बाल कुमार सावा,धनकुटाका अध्यक्ष गोविन्द राई,धनकुटा नगरपालिका वडा नं. ७ का निर्वाचित वडा सदस्य सन्देश राई,लोकतान्त्रिक खेलकुद संघ धनकुटका अध्यक्ष शम्भु प्रधान,पत्रकार महासंघका पूर्व अध्यक्ष विजय सन्तोषी राई,जिल्ला फुटवलल संघकाका महासचिव गोपाल लिम्बु, सदस्य आशिष राई,सरिन प्रधान,उद्यमी विष्णु माया कन्दङ्वा,धनकुटा जिल्ला खेलकुद विकास समितिका प्रमुख नविन प्रधान लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन राम वहादुर श्रेष्ठले गर्नु भएको थियो ।
प्रदेश नम्वर १ का १४ वटै जिल्लाहरुले भाग लिएको उक्त महिला फुटवल प्रतियोगिता अन्र्तगत भोली झापा र मोरङ्ग अनी उदयपुर र ताप्लेजुङ्ग जिल्ला विच सेमिफाईनल खेल हुने जिल्ला खेलकुद विकास समिति धनकुटका प्रमुख नविन प्रधानले वताउनु भयो ।