जि.पी कोईराला फाउण्डेशन धनकुटा जिल्ला कार्यसमिति गठन
- २० फाल्गुन २०७५, सोमबार
पूर्व प्रधान मन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोईरालको नाममा स्थापित जि.पी कोईराला फाउण्डेशनको धनकुटा जिल्ला समिति र क्षेत्रिय समिति र स्थानीय तह कार्यसमिति गठन भएका छन् ।
जिपी काईराला फाउण्डेशन धनकुटा जिल्ला समितिको संयोजकमा गणेश प्रसाद चापागाई, सहसंयोजक राजेन्द्र पौडेल, सचिव ध्रुब राय, सहसचिव चकेन्द्र वस्नेत, कोषाध्यक्ष करुणा कटुवाल र सदस्यहरुमा हरी दियाली, हिमा चेमजोङ्ग ,देवी घिमिरे, धन वहादुर मगर, मणी चेम्जोङ्ग, अर्जुन केसी, रुपमान तामाङ्ग र घनेन्द्र सुब्बा छन् । त्यसैगरी धनकुटा क्षेत्र नं. १ को संयोजकमा दुर्गा सुवेदी, क्षेत्र नं. २ को संयोजकमा भरत चापागाई र चौविसे गाउपालिकाको संयोजकमा ललित वहादुर चेम्जोङ्ग र १ नम्वर प्रदेश सदस्यमा गंगाराम ढुंगानालाई नियूक्ति गरिएको जिपी कोईराला फाउण्डेशन प्रदेश नम्वर १ का संयोजक इन्दिरा थापाले बताइन् । पदाधिकारी तथा सदस्यहरुलाई नियुक्तिपछि शनिबार बधाई कार्यक्रम समेत सम्पन्न भएको छ ।
जीपी कोईराला फाण्डेशन १ नम्वर प्रेदश समितिका संयोजक इन्दिरा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु घनेन्द्रराज श्रेष्ठ, लतिल वहादुर चेम्जोङ्ग, दुर्गा सुवेदी, नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगा ढुंगाना, जिल्ला सदस्यहरु खेमराज पौडेल, लेखनाथ पौडेल, नेपाल दतिलसंघ धनकुटका अध्यक्ष शिव विक, एन प्यापसनका प्रदेश नम्वर १ का सचिव राजन पौडेल, नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी, नेपाली कांग्रेस चानुवाका पार्टी सभापति तथा वडाध्यक्ष भरत चापागाई लगायतले गिरिजा प्रसाद कोईराला सवैको प्रेरणाको स्रोत र कान्ति तथा शान्ति नायक भएको वताउदै उहाको नाममा स्थापित जिपी कोईराला फाउण्डेशनका जिल्ला,क्षेत्र र स्थानीय तहका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए ।
सो अवसरमा नवनियूक्त जिपी फाउण्डेशनका सहसंयोजक राजेन्द्र पौडेल, सहसचिव चकेन्द्र वस्नेत, सदस्यहरु हरी दियाली, कोषाध्यक्ष करुणा कटुवाल लगायतले प्रतिवद्धता व्यक्त गरेका थिए । जिपी कोईराला फाउण्डेशनले चैत्रमा जिल्लामा जिपी कोईराला फाउण्डेशनका केन्द्रिय अध्यक्ष पूर्व उपप्रधान मन्त्री सुजता कोईरालाको प्रमुख आथित्यमा गर्ने १ नम्वर प्रदेश अधिबेशन गर्ने प्रदेश संयोजक इन्दिरा थापाले वताइन् ।
विजय राई,धकुटा