धनकुटाका सञ्चारकर्मीको लागि निशुल्क आंँखा शिविर, थुप्रैले लगाउनु पर्नेभो चस्मा

  • १३ चैत्र २०७५, बुधबार

धनकुटा । नेेपाल  नेत्र ज्याती संघ र नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बुधबार  धनकुटाका पत्रकारहरुको लागि निशुल्क आंँखा शिविर गरिएको छ ।
नेपाल नेत्र ज्योती संघको ४१ औं स्थापना दिवस र नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योती संघ धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटाको संयक्त आयोजनामा पत्रकारहरुका लागि  संचालन गरिएको निशुल्क आंँखा शिविरको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले एक समारोहका विच उद्घाटन गरेका थिए ।

डा. राम प्रसाद पोखरेल आंँखा अस्पतालमा भएको आँखा शिविरमा  धनकुटाका ७४ जना पत्रकारहरुको आंँखा परिक्षण गरिएको थियो । जसमध्ये ३१ जनालाई चस्माका लगाउन पर्ने भएको र अन्यलाई औषधी वितरण गरीएको नेपाल नेत्र ज्योती संघ धनकुटाका प्रचार प्रसार समितिका संयोजक तथा शिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताए ।
नेपाल नेत्र ज्योती संघ धनकुटाका सभापति दोर्ण गुरागाईको अध्यक्षतामा संचालन भएको शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ आदिले आंँखा जस्तो संवेदनशील र महत्त्वपूर्ण अंंगको उपचारलाई पहिलो प्राथिमिक्ता दिदै सवैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा संचालित डा.रामप्रसाद पोखरेल आंँखा अस्पताल धनकुटाका डा. इशा विष्टले अस्पतालमा अहिले नयांँ फेको मसिनबाट संचालन गरिने शल्यक्रियाको वारेमा जानकारी दिएका थिए ।
दुवै संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरिएको पत्रकार आंँखा शिविरमा नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा संचालित डा.रामप्रसाद पोखरेल आखा अस्पताल धनकुटाका डा. इशा विष्ट,नेत्र सहायकहरु डोनराज गुरुङ्ग,सचिन लम्साल र अस्पतालका प्राविधिकहरुले आंँखा परिक्षण तथा आंँखाका उपचार गरेको नेपाल नेत्र ज्योती संघ धनकुटका अध्यक्ष दोर्ण गुरागाईले वताए ।
आंँखा जाच गरी चस्मा लगाउन सिफारिस भएको पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा चैत्र १६ गते नेपाल पत्रकार महासंघ धनकुटाकाको सूचना केन्द्रमा वितरण गरिने नेपाल नेत्र ज्योती संघ धनकुटाकाका उपाध्यक्ष रोशेष श्रेष्ठले वताए । – विजय राई,धनकुटा