इटहरीमा जारी मेयरकप क्रिकेटको सेमिफाईनलमा पुग्यो बेलबारी 

  • २५ चैत्र २०७५, सोमबार

इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ ।

सोमवार भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी बिजयी भएको हो । टस जितेर ब्याटिङ राजेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा आठ विकेटको क्षतिमा पथरी शनिश्चरे नगरपालिका समक्ष १ सय ७३ रनको लक्ष्य दिएको थियो ।

बेलबारीका लागि आसिस झाले ४७ रन र विकास दासले ३७ रन र १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पथरीशनिश्चरे नगरपालिका ६ विकेट गुमाउदै १ सय १० रनमा समेटिएपछि बेलबारी ६२ रनको फराकिलो अन्तरले विजय हुदै सेमिफाईनलमा प्रबेश गरेको छ ।

खेलमा म्यान आफ द म्याच बेलबारीका विकास दास घोषित भए । मगलवारको सेमिफाईनल खेल भने वेलवारी नगरपालिका र ईटहरी उपमहानगरपालिका विच हुने आयोजकले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा शुरु भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी छन् । इटहरी–९ स्थित क्रिकेट मैदानमा चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमलाई २५ हजार र ट्रफी प्रदान गरिने छ ।
मंगलवार हुने खेलमा समेत  बेलबारीले जित्ने बेलबारी क्रिकेट क्लबका अध्यक्ष विपिन आचार्यले बताए ।