अण्डर १६ का लागि एउटै वडाबाट ६ जना खेलाडी छनौट, मोरङबाट छानिए १० जना

  • ७ बैशाख २०७६, शनिबार

अखिल नेपाल फुटवल संघ एन्फाले अण्डर १६ का लागि बेलबारी नगरपालिकाको एउटै वडाबाट ६ जना खेलाडी छनौट गरेको छ ।

बेलवारी नगरपालिकाको वडा नम्बर १० का ६ जना खेलाडी अन्डर १६ को १ नम्बर प्रदेश टोलीमा पर्न सफल भएका हुन् । उनीहरू सबै बेलवारीको वडा नम्बर १० राधानगरमा रहेको एम्ब्रियो फुटवल एकेडेमीमा आवद्द छन्  ।

छनोट भएका खेलाडीहरुमा सन याखा, रंजित परियार, राहुल राई, सुमित धिमाल, मनोज खुलाल र सजीव मगर छन्  ।

छनौटमा परेका मध्ये रंजीत परियारले अन्डर १५ को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तराष्ट्रिय खेलहरु समेत खेलिसकेका छन् । बेलबारी १० बाट छनौट भएका सबै खेलाडीलाई एम्व्रियो क्लबले सम्मान समेत गरेको छ ।

प्रदेश नम्बर १ बाट १८ जना खेलाडी छनौट भएकोमा मोरङ जिल्लाबाट मात्रै १० जना खेलाडी छनौट भएको एन्फाले जनाएको छ ।