बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा

  • ३ जेष्ठ २०७६, शुक्रबार

मोरङ बेलबारीस्थित बेलबारी साहित्य बिकास समितिले यस बर्ष पनि कला तथा साहित्य महोत्सव गर्ने भएको छ ।

गत बर्ष पहिलो साहित्य महोत्सव गरेको समितिले यस बर्ष दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागेको हो ।  ११ औं गणतन्त्र दिवसको अबसर पारेर यही जेठ १० र ११ गते हुने हुने महोत्सवमा विभिन्न कार्यक्रमगरु समाबेश गरीने छन्  ।

‘भाषा कला र साहित्यको उत्थान, बेलबारी नगरको समृद्ध संस्कृति र पर्यटन’ भन्ने नारा सहित हुने महोत्सव अन्तरगत जेठ १० गते लक्ष्मीमार्गस्थित स्वर्गिक मार्गको हलमा चित्रकला प्रतियोगिता र बहुभाषी साहित्य गोष्ठी हुने बेलबारी साहित्य बिकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन् ।

महोत्सवको दोस्रो दिन बेलबारी नगरपालिकामा रहेको हलमा साहित्यमुलुक निगुरो अनलाइन पत्रिका र अनलाइन टीभी को शुभारम्भ, पुरस्कार बितरण र पुस्तक सार्वजनिकीकरण तथा साहित्य गोष्ठी गर्ने कार्यक्रम रहेको सुवेदीले जानकारी दिइन् । महोत्सवमा गत बर्ष झै देश बिदेशका साहित्यकारहरुको जमघट हुने आयोजकले जनाएको छ । महोत्सवको तयारी द्रुतगतिमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।