शनिश्चरे नगरपालिका मेयरकपको फाइनलमा

  • १९ असार २०७६, बिहीबार

मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगितामा पथरी शनिश्चरे नगरपालिका फाइनलमा प्रबेश गरेको छ ।         बुधबार भएको सेमिफाइनल खेलमा पथरीशनिश्चले ४ गोल गरेको थियो भने सुन्दरहरैचाले २ गोल मात्रै गरेको थियो । प्रतियोगिता समय सुरु भएको केहि समयमै पथरीशनिश्चरेका खेलाडिले फ्रि किक पाएका थिए ।

सुन्दरहरैचाका खेलाडिले डि बक्समा फल गरेपछि पथरीका लागि भाग्य खुलेको थियो । दिपक राईले फ्रि किक मार्फत पहिलो गोल गरेका थिए । यस्तै खेलको केहि समयमा रेफ्रि लाई गालि गरेपछि सुन्दरहरैचा खेलाडिले रेडकार्ड पाएका थिए ।
सुन्दरहरैचाका कमल खवासले रेडकाड पाएको केहि समय नबित्दै पथरीका खेलाडि सुमन राइले हेडिङ मार्फत एक गोल गरेका थिए । खेलको हाप समय पछि पथरीले अन्य दुई गोल गरेको थियो भने सुन्दरहरैचाले पनि २ गोल गरेको थियो । यो जित सगै पथरी फाइनलमा प्रबेश गरेको छ भने सुन्दरहरैचा घर फर्कीएको छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।