धनकुटामा शुरु भो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

  • २३ असार २०७६, सोमबार

धनकुटामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
उक्त जिल्ला स्तरीय ११ औं  राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै १ नम्वर प्रदेश न्याय कानुन तथा बिद्यान समितिका सभापति इन्द्रमणी पराजुलीले हरेक तहको सरकारका लागि खेलकुद अव महत्वपूर्ण र च्यावाईसको विषय भनेकोले खेलकुदको भविष्य उज्वल रहेको वताए  ।

उद्घाटन कार्यक्रममा १ नम्वर प्रदेश सभाका सांसदहरु निरन राई,लिला सुब्बा, जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंक वहादुर चुवान, धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, जिल्ला प्रहरी कार्यालयका एस पी सुर्दशन प्रसाद कोईराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटका गुल्पमती डिएसपी बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ्ग, गोकुण्डेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई, धनकुटा नगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष तथा वरिष्ठ काटुनिष्ट उमेशन्द्र अधिकारी, धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द्र राई, नेपाल निजामती कर्मचारी आधिकारी टेड युनियन धनकुटका अध्यक्ष गोविन्द्र खत्री लगायतका अथितिहरुले खेलाडीहरुलाई सफलताको शुुुभकामना दिएका थिए   ।
धनकुटा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा रेफ्रीहरुको तर्फबाट विनय राईले सपथ खाएका थिए   ।

दुई दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सात वटा पालिकामा भएको पहिलो चरणका प्रतियोगितामा विजयी खेलाडीहरुको सहभागीता रहेको धनकुटा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नविन प्रधानले वताए । जिल्ला स्तरीय विभिन्न प्रतियोगितामा विजयी खेलाडीहरु ईटहरीमा हुने प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाले जानकारी दिए ।