आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !

  • २६ असार २०७६, बिहीबार

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु लगायतका प्रतिबद्धता लेखिएका ब्यानर बेलबारी नगरपालिकाको सभाहलमा राखिएका थिए ।

तिनै ब्यानरमा उपमेयर ढाका कुमारी पराजुली तथा  वडा अध्यक्ष शिक्षक तथा संचारकर्मीहरुले हस्ताक्षर गरिरहेका थिए । सघिय सरकारले ‘मेरो सरकार’ नाम दिएर ८ बर्षे बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने घोषणा गरेको छ । नगरपालिकाले नसर्ने रोगहरु सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रममा सो घोषणा पत्रमा प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो ।
पछिल्ला समय नसर्ने रोगहरु बढदै गईरहेका छन् जिल्ला स्वास्थय कार्यालय मोरङका प्रमुख ज्ञान वहादुर बस्नेतले भने खान पानमा ध्यान नदिदा रोगहरु बढदै छन् । उनले थपे हामी शारिरिक भन्दा मानसिक काम वढी गरिरहेका हुन्छौ अनि ब्यायम पनि गर्दैनौं, क्यानसर र मृगौला जस्ता रोगहरु दिन प्रतिदिन बढिरहेको समेत उनले बताए । मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढदै गएकोले नसर्ने रोग बढदै गएको उनले बताए ।

बेलबारी नगरपालिकाकी उप मेयर ढाका कुमारी पराजुलीले जनचेता मुलक कार्यक्रम गरिरहेको बताए । उनले नगरवासिलाई स्वास्थय रहनका लागि नि:शुल्क स्वास्थय शिविर देखी ५ प्रकृतिका विरामीलाई २५ हजार सहयोग गर्ने गरेको समेत उनले बताईन्। क्यानसर,मटुरोग,मृगौला प्रत्योरोपण, स्पाइनल कर्ड इन्जुरी, बोन म्यारो ट्रान्स पलान्ट लगायतका विरामीलाई सहयोग गर्ने गरेको बताईन ।
मधुमेह, उच्च रक्तचाप, क्यान्सर, ह्ृदयदयघात, मस्तिस्कघात, अम्लपित्त, क्यान्सर, मिर्गाैलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने जस्ता रोगहरु रहेका छन् । रोग लाग्न दिनु भन्दा सावधानी अपनाउनु राम्रो भएकोले जानकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरीएको नगरपालिका स्वास्थय शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताए ।