मेयर कपको च्याम्पियन भयो सैनिक युवा क्लव झापा, उपबिजेता बन्यो बेलबारी

  • १ श्रावण २०७६, बुधबार

बेलबारी युवा क्लव मोरङलाई २–१ को अन्तरले हराउदैं सैनिक युव क्लव झापा प्रदेश १ च्याम्पियन बनेको छ ।

मंगलबार भएको फाईनल खेलमा झापाका रेजित माझीले खेलको एक मिनेटमा खाता खोलेका थिए । मोरङ्ले दोश्रो हापको ६७ औं मिनेटमा सौरव कार्कीले एक गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा झापाका विकेश सुब्वाले पुन एक गोल गरि टिमलाई विजयी गराए ।

प्रमुख अतिथि मुख्यमन्त्री राईले विजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका थिए । विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख पाए । मोरङका भूषण सुब्वा सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख पाएका छन ।
कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नं. १ सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर ४७ करोड बजेट खेल क्षेत्रलाई छुट्याएको बताए ।

मुख्यमन्त्री कपको समापन गदैं मुख्यमन्त्री राईले धरानलाई सबै खेलहरुको गतिविधीहरु गर्ने स्थलको रुपमा विकास गर्ने बताएका छन् । खेलकुद ग्राम बनाउन ५ करोड बजेट विनियोजन गरेको बताउदैं प्रदेश १ का खेलाडीहरुलाई व्यवसायी बनाउन मुख्यमन्त्री कप प्रतियोगिता गराइएको बताए ।