धनकुटामा पर्यटन प्रवद्धन गर्न फुल तथा धुपीका विरुवा वितरण

  • २ श्रावण २०७६, बिहीबार

धनकुटा नगरमा पर्यटन प्रवद्धन र वातावरण संरक्षण गर्नका लागी धनकुटा लेडी जेसीजले फुल र धुपीका बिरुवा वितरण गरेको छ ।
धनकुटा नगरपालिकामा वडा नं. ५ मा सुन्तले शहरमा थप पर्यटन प्रवद्धन गर्नका लागी पहिलो चरणमा ८ सय १७ घरलाई ८सय ५० फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिशा श्रेष्ठले वताईन् ।
धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य सिता श्रेष्ठ,जिल्ला भू संरक्षण कार्यालय धनकुटाका प्रमुख राजु दाहाल, नेपाल पत्रकार महासंघ धनकटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा मिसन मुस्कान पर्यटनका अध्यक्ष कुसुम राना धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिसा श्रेष्ठ, उपाध्यक्ष बिमला न्यौपाने,सदस्य मञ्जु पौडेल लगायत धनकुटा लेडी जेसीजका पदाधिकारी तथा सदस्यहरुले फुल तथा धुपीको विरुवा वितरण गर्नु भएको थियो ।
धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिशा श्रेष्ठ थापाको अध्यक्षतामा सम्पन्न भएको फुल तथा विरुवा वितरण कार्यक्रमको संचालन उपाध्यक्ष विमला न्यौपानेले गर्नु भएको थियो ।
धनकुटा नगरपालिका वडा नं. ५ मा स्थानीय वासिन्दाहरुले बिगत केही बर्ष यतादेखि सुन्तले शहर घोषणा गरी पर्यटन प्रवद्धन गर्दै आईरहेकोमा यसलाई थप सहयोग गर्नका लागी फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका अध्यक्ष प्रमिसा श्रेष्ठले वताईन् ।
धनकुटा लेडी जेसीजले धनकुटामा पर्यटन प्रवद्धनका लागी र अन्य सामाजिक विकासका लागी विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
शरु राई,धनकुटा