घरेलुको तालिम लिएर धनकुटामा थपिएछन् ७ सय ८४ जना नयांँ उद्यमी

  • ८ श्रावण २०७६, बुधबार

धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिप मुलुक तालिम प्रदान गरी नयांँ उद्यमी बनाइएको छ ।

धनकुटामा आयोजित घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक पौडेलले आर्थिक बर्ष २०६७५/ ०७६ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दे धनकुटामा जम्मा ७ सय ८४ जनालाई शिप प्रदान गरी नयांँ उद्यमी बनाउन सफल भएको वताए ।

धनकुटा जिल्लामा २ हजार १ सय ९२ वटा उद्योगहरु र बाणिज्य तर्फ १ हजार १ सय ४९ वटा व्यावसाय दर्ता भएको समेत जानकारी दिएको थियो । निर्देशक पौडेलले नयांँ औद्योगिक निधि निर्माण गरी उद्योगहरुको स्थापना गर्न उत्साहीत बनाउन जरुरी भएको वताउनु भयो ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवानको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राई,उद्यमी गोपाल तामाङ्ग लगायतले घरेलु तथा साना उद्योगबाट मात्र मुलुकलाई समृद्धी बनाउन सकिने भएकाले घरेलु तथा साना उद्योगहरु संरवद्धन र प्रवद्धन गर्नु पर्ने बताएका थिए ।
समिक्षा कार्यक्रममा स्वागतम मन्तव्य घरेलु समिति कार्यालय धनकुटाका शिक्षक रमा ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता अर्जुन गिरीले गरेका  थिए।
आर्थिक बर्ष २०६७५/०७६ मा घरेलु तथा साना उद्योग विकास समति धनकुटाले २८ लाखा ५६ हजार ७ सय ४५ रुपैया राजश्वर संकलन गरेको निर्देशक दिपक पौडेलले जानकारी दिए । – बिजय राई,धनकुटा