डबल अर्थात पाँच लाख पाउने भए अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपका बिजेताले

  • २६ भाद्र २०७६, बिहीबार

डाँगीहाट युथ क्लबको आयोजनामा यही असोज ४ गतेदेखि ११ गतेसम्म मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा हुुने तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ को  पुरस्कार राशि गत बर्षको तुलनामा दोब्बर बनाइएको छ  ।

गत बर्षसम्म बिजेतालाई अढाई लाख र उपबिजेतालाइ १ लाख २५ हजार दिने गरिएकोमा यस बर्षदेखि पुरस्कार राशी दोब्बर बनाउँदै बिजेतालाई ५ लाख र उपबिजेतालाइ २ लाख ५० हजार दिइने भएको हो ।

प्रतियोगितामा एपिएफ काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ, नेपाल पुलिस क्लब काठमाण्डौ, रोयल क्लब भारत, रुपन्देही ११, आयोजक डाँगीहाट युथ क्लब र धरान फुटबल क्लब सुनसरी र झापा ११ गरी ८ वटा टीम सहभागी हुने भएका छन् ।

खेल तालिका अनुसार असोज ४ गते शनिबार आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग मोरङ र धरान फुटबल क्लब सुनसरी बिच खेल हुनेछ । असोज ५ गते शनिबार झापा ११ झापा र एपिएफ काठमाण्डौ बिच खेल हुनेछ । असोज ६ गते सोमबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र गोर्खा ब्वाईज क्लब बुटबल बिच खेल हुने छ ।
त्यसैैैगरी गअसोज ७ गते नेपाल पुलिस क्लब काठमाण्डौ र रोयल क्लब वेष्ट बंगाल भारत बिच खेल हुने छ । असोज ८ र ९ गते सेमिफाईनलका खेल हुनेछ ।  १० गते शुक्रबार फाईनल खेल हुने आयोजक समितिका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिए ।

बुद्ध एयरले प्रायोजन र टुबोर्ग बियरले सह प्रायोजन गर्ने प्रतियोगितामा बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार नगद पुरस्कार, ट्रफि र मेडल प्राप्त गर्नेछन ।

बुद्ध एयरले प्रायोजन गरेको प्रतियोगितामा ३१ लाख खर्च हुने र ३३ लाख आम्दानी हुने अनुमान गरिएको आयोजकले बताएका छन्  ।  प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच सहित ६ वटा बिधामा पुरस्कार प्रदान गरिने  आयोजक डांँगीहाट क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।

प्रतियोगिता सफल बनाउन बिभिन्न उपसमितिहरु समेत निर्माण गरी काम समेत शुरु गरिएको छ । बेलबारी ११ लक्ष्मीमार्गको लक्ष्मी मावि खेलमैदानमा हुने प्रतियोगितामा १० हजार बढी दर्शकहरुले गोल्डकप अबलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।