राजेशपायल राइ र ‘पुलन्देकी आमा’ लगायतको प्रस्तुति हेरेर खुब रमाए डाँगीहाटबासी

  • २७ पुष २०७६, आईतवार

लागू औषध विरुद्ध सचेतना जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्ने उद्देश्यले मोरङ बेलबारी ९ नलबारीमा म्युजिकल कन्सर्ट भब्य रूपमा सम्पन्न भएको छ ।
शान्ति युवा समूह बेलबारी ९ को आयोजना र बुद्ध एयरको सह- प्रायोजनमा भएको कार्यक्रममा राजेश पायल राई र ‘पुलन्देकी आमा’ ले विशेष प्रस्तुति दिएका थिए ।

कन्सर्ट कार्यक्रममा मेघा स्टार राजेशपायल राई, हास्यकलाकार फुलन्देकी अामा, गायकहरु शेरा थामी, बिनाेद खम्बु, रेवत राई, सन्जिव धिमाल तथा गायिकाहरु एस्तर सिन्चाैरी, सुदिक्षा भट्टराई र माेडल तथा नृत्यङ्गना माया थामी, मनिता राई लगायतले विभिन्न साँस्कृतिक गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।राजेशपायलले गीतहरू प्रस्तुत गरिरहँदा दर्शकहरु हुटिङमा रमाएका देखिन्थे । झ्याप्ले कपालवाला गेटअपमा आएका उनले नाइ नभन्नु ल लगायतका गीत गाएर मनोरञ्जन दिएका थिए । त्यस्तै ‘पुलन्देकी आमा’ को हाँसलाग्दो प्रस्तुतिले दर्शक रमाएका थिए ।

जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोख्रेलको प्रमुख आथिथ्यता र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी बिष्णु अधिकारीको विशेष आतिथ्यतामा शुक्रबार साँझ भएको कार्यक्रम आयोजक शान्ति युवा क्लबका अध्यक्ष धिराेज श्रेष्ठको सभापतित्वमा भएको थियो ।

सो अबसरमा संस्थाका संस्थाक अध्यक्ष भिम लामा सहित पुर्व अध्यक्षहरु भरत धिमाल, प्रेम बान्तवा, डिल्ली खुलाल प्रकाश राई, दुर्गाबहादुर धिमाल र भरतबहादुर धिमाललाई लाइ कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
सो कार्यक्रममा लागु औषधको सेवन, ओसारपसार र बेचबिखन नियन्त्रणमा उल्लेख्य योगदान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङलाई पनि सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
स्थानीयबासीको ठुलो उपस्थितिबिच तोरीबारी छेउमा रहेको खेतमा बनाइएको स्टेज र कार्यक्रमस्थलमा विभिन्न जातजातिको जातिय तथा सांस्कृतिक नृत्य प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा बेलबारी-९ का वडाध्यक्ष नगेन्द्र खड्का,
बेलबारी-११ का वडाध्यक्ष राजन पोख्रेल, सामाजिक अभियन्ताहरु पिपि थापा मगर, तिलक राई, केदार धिमाल, लक्ष्मी चाैधरी लगायत थुप्रै संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।