ल्याब र भिडियो एक्सरेसहित नोबेलले डाँगीहाटमा गर्यो स्वास्थ्य शिविर, ५ सय ६३ जना लाभान्वित

  • ८ माघ २०७६, बुधबार

नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बेलबारी नगरपालिका–९ स्थित नलबारीमा सञ्चालित शिविरबाट ५ सय ६३ बिरामी लाभान्वित भएको नोबेल अस्पतालले जनाएको छ ।

शिविरमा १ सय ३३ जनाको ल्याव टेष्ट, १ सय ४ जनाको भिडियो एक्सरे र ८३ जनाको ईसीजी गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलका बिशेषज्ञ डाक्टरहरुले शिविरमा बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

यता, नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गरेको ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान अन्र्तगत पनि हरेक दिन नोबेलका डाक्टर र नर्सको टोली एम्बुलेन्ससहित घर–घरमा पुगेर बिरामीको निःशुल्क उपचार गर्दै आएका छन् ।

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।