बी एफएमको १४ औं  बार्षिकोत्सवमा आयोजित खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न

  • १९ माघ २०७६, आईतवार

विराटनगरस्थित वी एफएमको १४ औं बार्षिकोत्सवको अवसरमा  आयोजना गरिएको खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न  भएको छ ।

प्रतियोगिताको लागि मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सिन्धुली, भोजपुर, धनकुटा र सप्तरी आदि जिल्लाका गजलकारहरुले विभिन्न भावका असंख्य गजलहरु पठाएका थिए । छनौटमा जम्मा २० वटा गजल परेको र उक्त छनौटमा परेका २० वटा गजललाई प्रतियोगितामा समावेश गरिएको थियो ।
समाबेश भएका गजलहरुलाइ वाचनको वाचनशैली, सिर्जनाको स्तर, समसामयीकता र सिर्जनाको मुख्य भाव आदि पक्षलाई आधार बनाइ अंक दिइएको थियो ।

गजल प्रतियोगितामा विराटनगरका प्रिन्स प्रमोदकुमार ढकाल प्रथम भएका छन् । छैठौं संस्करणको खुल्ला गजल प्रतियोगितामा १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै ढकाल प्रथम भएका हुन्  । ढकालले ट्रफी, प्रमाणपत्र सहित नगद ५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन्  ।  ‘मरेका छन् जनता अक्सर महंगीको मारले’ बोलको ढकालको गजल प्रथम भएको हो । गजल प्रतियोगितामा तेर्हथुमकी गजलकार लक्ष्मी आचार्यको गजल दोश्रो भयो । उनको  ‘छिमेकीले फुर्ती लाउँछ समुन्द्रमा नुन भेटिन्छ’ बोलको गजल दोश्रो भएको थियो । उनले ट्रफी, प्रमाणपत्र सहित नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

गजल प्रतियोगितामा मोरङ बेलबारीका हिमाशुं राय र लक्ष्मी रायमाझी तेश्रो भएका छन् । उनीहरुले जनही १ हजार ५ सय नगद , प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्  ।

प्रतियोगितामा देशभरबाट प्राप्त ७६ वटा गजलमध्येबाट उत्कृष्ट २० वटा गजल छनौट गरिएको थियो । विजेताहरुलाई प्रमुख अतिथि  प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठाकुरप्रसाद ज्ञवाली, ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) का केन्द्रिय अध्यक्ष चन्द्र नेउपाने, वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र विरण गर्नुभएको थियो ।

कार्यक्रममा अतिथी साहित्यकारहरुले पनि  साहित्यिक सिर्जनाहरु प्रस्तुत गरेका थिए । नेपाली गीत संगितमा लामो समयदेखि क्रियाशिल रहि नेपाली,भोजपुरी, मैथिली आदि भाषामा झण्डै हजार भन्दा बढी गीत गाईसकेका विराटनगर निवासी कलाकार स्रष्टा रामा मण्डल र नेपाली साहित्य लेखन क्षेत्रमा महत्वपुर्ण योगदान दिद‌ै आईरहनु भएका वरिष्ठ साहित्यकार कविराज पोख्रेललाइ दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरिएको छ ।