काठमाण्डौंंमा भएका सुन्दरहरैंचाबासीहरु संगठित, ११ सदस्यीय समिति गठन
- २३ माघ २०७६, बिहीबार
काठमाण्डौमा छरिएर रहेका सुन्दरहरैचा नगरवासी र सुन्दरहरैचा नगरपालिका बिच समन्वय र सर सहयोग गरी नगरपालिकालाई समृद्द बनाउने योजना तथा कार्यक्रम ल्याई नगर विकासमा सेवा गर्न यो समाज गठन गरिएको नव गठित समितिका अध्यक्ष लुइटेलले बताए । लुइटेलले सम्पर्क समितिको बैठकबाट नगरलाई समृद्ध बनाउन नयाँ योजना ल्याउने र नगरको विकासका लाागि ती योजनाबारे संघीय सरकारको ध्यानाकर्षण गराउने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले नगरमा हालसम्म भएका बिकासका गतिविधी प्रस्तुत गर्दै भावी योजना पनि प्रस्तुत गरेका थिए । उनले आफु नगरप्रमुख भएपछि ल्याएका योजनामा सहयोग र हातेमालो गर्न आग्रह गरे ।