पाँचथरमा नोबेलको दुइदिने स्वास्थ्य शिबिर, फिदिम र आसपासका १४ सय बिरामी लाभान्वित

  • २३ माघ २०७६, बिहीबार

नोबेल शिक्षण अस्पतालले पाँचथरको फिदिममा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । शिबिरमा १ हजार ४ सय २८ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

शिबिरमा ४ सय १३ जना बिरामीको भिडियो एक्सरे, १ सय ५४ जनाको ईसीजी र १ सय ९५ जनाको ल्याव टेष्ट गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ७४ जनाको आँखाको सामान्य शल्यक्रिया र २२ जनाको शरिरका गाँठागुँठीको शल्यक्रिया गरिएको छ ।

केहि दिनअघि पाँचथरको मौवा बजारमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिबिरबाट १ हजार ३ सय ९८ बिरामी लाभान्वित भएका थिए । ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा असहाय बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका विभिन्न स्थानमा बर्षौदेखि नियमित निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको छ ।