बेलबारीमा माविस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न, भगवती माविको जित

  • २४ माघ २०७६, शुक्रबार

नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियूको आयोजनामा मोरङको बेलबारीमा मावि स्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रवार भएको प्रतियोगिताको उपाधि भगवति माविले चुमेको छ । त्यसैगरी लक्ष्मी मावि द्धितिय भएको छ । आधा दर्जन बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता अखिलका रविन चालिसेको सभापतित्व तथा नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीको आतिथ्यता थियो  ।

बिजेता तथा उपविजेताले ट्रफीी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । विजेता तथा उप बिजेताहरुलाई केन्द्रिय सदस्य रेग्मी,  नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी, प्याब्सन बेलबाारीका अध्यक्ष  भुपाल बस्नेत तथा खेलकुद विकास समिति प्रदेश १ का सदस्य राजन प्रसाई लगायतले पुरस्कार वितरण गरेका थिए ।