तेह्रथुमलाई सुरक्षित गर्भपतन क्षेत्र बनाउने तयारीसँगै फेदाप गाउंँपालिकामा पनि सुरक्षित गर्भपतन  अभियान,

  • २२ माघ २०७६, बुधबार

इन्द्र नेपाली, तेह्रथुम / फेदाप गाउंँपालिकालाई शून्य असुरक्षित गर्भपतन गाउँपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यही फाल्गुन ९ गते सिंगो फेदाप गाउपालिकालाइ शन्यू असुरक्षित गर्भपतन गाउ पालिका घोषणा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले कार्यपालिका बैठकबाट कार्ययोजना नै निर्माण गरी यसअघि वडा वडामा क्रमलाई तीव्रता दिएको थियो ।  फेदापका पांँचवटै वडामध्ये  गाउपालिकाकै केन्द्रमा रहेको एक नम्बर वडा सिम्ले , जल्जले ,ओयाक्जुङ्गलाई शुन्य असुरक्षित गर्भपतन वडा घोषणा गरिएको छ।
महिलाको सुस्वास्थ्य तेह्रथुमबासीको सान, शुन्य असुरक्षित गर्भपतन हाम्रो अभियान भन्ने मुल नाराका साथ जिल्लालाई शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउने अभियान अन्तरगत फेदाप गाउँपालिकालाइ शुन्य असुरक्षित गर्भपतन वडा घोषणा गरीएको हो ।

महिला तथा किशोरीहरुको स्वास्थ्य र सुरक्षाका लागि प्रतिवद्ध रहदै समुदाय सचेतना, कानुनी सचेतना र सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकता दिएको र सम्पुर्ण सुचकहरु पुरा गरेकोले गाउँपालिकालाइ शून्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष गिता थापाले सबै नागरीक समाज, समाजसेवी, बृद्धिजीविको प्रतिवद्धता रहेकोले घोषणा गर्न लागिएको र  अभियानलाई घोषणापछि पनि निरन्तरता दिदै लाने बताइन् ।

तेह्रथुम जिल्लालाई आगामी मार्च ८ का दिन शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउने अभियानसंगै पालिकाहरुमा वडा स्तरीय शून्य असुरक्षित गर्भपतन क्षेत्र घोषणा गर्ने कार्यक्रम चलिरहेको छ ।