सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह

अम्बिका भण्डारी

  • ९ फाल्गुन २०७६, शुक्रबार

मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ ।

२०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो ।

मन्त्री बन्नेबित्तिकै रजत जयन्तीमा आइन् कानुनमन्त्री 

पहिलो दिनको कार्यक्रम नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा भएको थियो । तुम्बाहाम्फेले मन्त्री भएपछि पहिलो कार्यक्रमको रूपमा सपथ लिएको तेस्रो दिन सिद्धार्थ सेकेण्डरी स्कुलको भवन उद्घाटन, रजत स्मारक अनावरण तथा स्मारिताको लोकार्पण गरेकी थिईन् । कार्यक्रममा बोल्दै तुम्वाहाम्फेले निजी विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गरेकी थिईन् ।

मन्त्री तुम्बाहाम्फेले विद्यालय तथा समाजलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने ब्यक्तिहरुलाइ विद्यालयको तर्फबाट सम्मान गरेकी थिइन् ।

संस्थापक अभिभावक, पुर्व शिक्षक तथा सामाजिक ब्यक्तित्वहरु सम्मानित 

सो अबसरमा विद्यालयका तीनजना संस्थापकहरुलाई सम्मानित गरिएको छ । त्यसैगरी विद्यालयको स्थापना कालका १६ जना अभिभावक, १६ जना पुर्व शिक्षक शिक्षिका, तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने नेपाली भाषाका पुर्व शिक्षक मेदनीप्रसाद बराल, संचारकर्मी भक्तशेर लिम्बु, मणिराम दाहाल लगायत १२ जना ब्यक्तिहरु पनि सम्मानित भएका छन् ।

रजत जयन्तीको अबसरमा नृत्य, गायन लगायत विभिन्न साँस्कृतिक कार्यक्रम तथा प्रतियोगितात्मक कार्यक्रमहरु समेत गरिएको थियो । त्यसैगरी  स्कुल २५ बर्ष पुगेको सन्देश दिनेगरी २५ जना अभिभावकहरुलाई चिठ्ठा कार्यक्रम मार्फत पुरस्कारहरु पनि दिइएको थियो ।

रजत जयन्तीको दोश्रो दिन प्रदेश सांसद राजकुमार ओझा प्रमुख अतिथि थिए । उनले विभिन्न ब्यक्ति तथा विद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । सो अबसरमा त्रिभुवन बिश्व  विद्यालयका र्याङक  होल्डर राकेश श्रेष्ठलाई पनि पुरस्कृत गरिएको थियो ।

सबैको ध्यान खिच्यो विद्यार्थीले बनाएका खानेकुराका परिकारले  

एक महिना अघिदेखि विभिन्न कार्यक्रम गरी मनाइएको एक महिने रजत जयन्तीको उत्तरार्धमा भएको औपचारिक रजत जयन्ती  समारोह तथा शैक्षिक प्रदर्शनीको दुईदिने कार्यक्रममा सामाजिक, बिज्ञान, ब्यबशायिक शिक्षा, होटल म्यानेजमेण्टका विद्यार्थी तथा  प्रि- प्राइमरी का शिक्षकहरुद्वारा खेर जाने सामग्री तथा प्लास्टिक प्रयोग गरी  निर्मित सामग्रीहरु तथा  होटल म्यानेजमेन्टका विद्यार्थीद्वारा बनाइएका खानाका परिकारहरु  पनि प्रदर्शनीमा राखिएको थियो । खासगरी होटल म्यानेजमेन्टका विद्यार्थीले बनाएका खानेकुराका परिकारले पनि सबैको ध्यान खिचेको थियो ।

त्यसैगरी विद्यार्थीहरुले बनाएका ढिकी जाँतो, पन्चेबाजा, फुर्लुङ, हलो जुवा, जोतारो  घरायसी रूपमा प्रयोग हुने विभिन्न सामग्रीका नमूना तथा मुर्तिहरु पनि प्रदर्शनीमा राखिएका थिए  । प्रदर्शनीमा होटल म्यानेजमेण्ट, कम्प्युटर, कम्प्युटर साइन्स लगायतका छुट्टाछुट्टै गरी ४० भन्दा बढी स्टलहरु रहेको र ती स्टलहरु र विद्यार्थीका कला र मौलिक सृजनाबारे  सबैबाट निकै राम्रो रेस्पोन्स पाएको  सिद्वार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन वस्नेतले बताए ।

रजत उत्सवको मुल कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्याब्सनका पादाधिकारी, अन्य विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी, अभिभावकहरु लगायतको उपस्थिति थियो । प्रिन्सिपल अर्जुन वस्नेतको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रिन्सिपल जेबी थुलुङले संचालन गरेका थिए ।

करिब चार हजारले अबलोकन गरे रजत जयन्तीको कार्यक्रम

विद्यालयका संस्थपक प्रिन्सिपल अर्जुन बस्नेतका अनुुसार रजत जयन्ती समारोहको दुई दिने कार्यक्रम तथा शैक्षिक प्रदर्शनीको क्रममा अभिभावक, आसपासका स्कुलहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारण समेेत गरी करिब ४ हजारले रजत जयन्ती तथा शैैक्षिक प्रदर्शनी अबलोकन गरेका थिए ।

एक महिनासम्म विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने क्रममा पहिलो चरणमा सिङ्गिङ आइडल, डान्सिङ आइडल र पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न गरेको स्कुलले माघ २० गते देखि २३ गतेसम्म ४ दिने स्पोर्ट्स मिट गरेको थियो । रजत महोत्सवका कार्यक्रम अन्तरगत माघ २८ र २९ गते साहित्यिक कार्यक्रम, चित्रकला कार्यशाला र पुर्व विद्यार्थी मिलन कार्यक्रम गरिएको थियो ।

सिद्धार्थको  रजत महोत्सव मोरङ जिल्लाका अन्य विद्यालयका कार्यक्रमहरुभन्दा उत्कृष्ट र भब्य भएको प्रदेश सांसद राजकुमार ओझाले बताए । रजत जयन्तीका कार्यक्रम अपेक्षा गरिएभन्दा पनि शानदार भएको विद्यालयका  प्रिन्सिपल अर्जुन वस्नेतले बताए ।

सुन्दरहरैँचा क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा परिचित विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पढाइ हुदै आएकाे छ ।  विद्यालयमा हाल १३ सय विद्यार्थी छन् । माध्यमिक तहको +२ तर्फ हाेटल मेनेजमेन्ट, कम्प्युटर साइन्स ,ट्राभल एण्ड टुरिजम, विजनेस जस्ता बिषयमा पठनपाठन हुँदै आएको छ  । विद्यालयले यसै शैक्षिक शत्रदेखि डिजिटल प्रबिधिबाट पठनपाठन शुरु गरिसकेको विद्यालयका सहायक प्रिन्सिपल जेबी थुलुङले जानकारी दिएका छन् ।