भब्य बन्यो आदिवासी जनजाती महाेत्सवकाे प्रचार गर्न आयोजित ‘बेलबारी मिनि म्याराथुन’

  • १० फाल्गुन २०७६, शनिबार

बेलबारी, माेरङ/ पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने तथा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महाेत्सव २०७६ काे पूर्वसन्ध्यामा बेलबारीमा ‘बेलबारी मिनि म्याराथुन’ गरिएकाे छ ।

नेपाल आदिवासी जनजाती महासङ्घ बेलबारी नगर समन्वय परिषदकाे आयाेजनामा भएकाे म्याराथुनमा महिला र पुरुषका अलग अलग दाैड भएका थिए ।

बेलबारी १० भाउन्नेबाट सुरु भएकाे पुरुष म्याराथुनकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए भने विराटचाेकबाट सुरु भएकाे महिला दाैडकाे उद्घाटन उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिईन् ।

आदिवासी जनजातीका माैलिक संस्कृति तथा खानपिनको संरक्षण, प्रवर्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मिनी म्याराथुनकाे आयाेजना गरिएकाे  नेपाल आदिवासी जनजाती महासंघ प्नदेश एकका सचिव तथा बेलबारी नगर समन्वय परिषदकाका अध्यक्ष तिलकप्रसाद राईले जानकारी दिए ।

दाैडमा महिलातर्फ सुशिला राई प्रथम, संगिता तामाङ द्वितीय तथा भावना श्रेष्ठ तृतीय भएका थिए। त्यस्तै पुरुषतर्फकाे दाैडमा याङदेव राई प्रथम, हर्कदिप लुगुन दाेश्राे र पुजन राई तेश्राे भएका छन्।

विजयी धावकलाई बेलबारी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा आदिवासी जनजाती महासङ्घ नगरपरिषद बेलबारी अध्यक्ष तिलकप्रसाद राईले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।