पत्रकार पौडेलको उपचारका लागि उत्तरी मोरङमा सहयोग जुट्दै, सुकुना क्याम्पसबाट जुट्यो १५ हजार

  • २२ फाल्गुन २०७६, बिहीबार

विराटचोक, माेरङ/ व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङमा उल्लेख्य सहयोग जुटेको छ ।

कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङको पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार ले सहयोग प्राप्त भएको छ । त्यस क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको तर्फबाट सहयोग प्राप्त भएको हो ।

क्याम्पस प्रमुख चन्द्रमणी राई, प्राध्यापक सङ्का सभापति बलराम आचार्य, सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारी लगायतले बुधबार  कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ लाई १५ हजार रुपैँया हस्तान्तरण गरेका छन्  ।

यस्तै सुन्दरहरैंचाका केहि निजी विद्यालयबाट पत्रकार पाैडेलकाे उपचारका लागि सहयोग जुटेको छ । वडा नम्बर ८ मा रहेका ब्राइट फ्युचर स्कुल बाट ५ हजार, वडा नम्बर १२ मा रहेको सुविजिमुर स्कुल बाट ५ हजार, खोर्सानेस्थित सिद्दार्थ सेकेण्डरी स्कुलबाट ५ हजार, इन्द्रपुर नमुना बाट ३ हजार ६ सय, बाल प्रतिभा बोर्डिङबाट २ हजार र सुन्दरहरैचाका ब्यबशायी तथा समाजसेवी भक्त किरण राइबाट तीन हजार रुपैयाँ प्राप्त भएको कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङका संयाेजक केशु विरहीले जानकारी दिए ।

त्यसैगरी बेलबारीबाट पनि पौडेलको उपचारका लागि सहयोग जुटेको छ । पत्रकार पौडेलको उपचारका लागि बेलबारीको सगरमाथा इङलिस स्कुल र  सयपत्री पल्टीपर्पोज कम्पनी बाट पाँच पााँच हजार प्राप्त भएको छ ।  त्यस्तै आदर्श इङलिस बोर्डिङ स्कुलबाट पाँच हजार दुई सय बीस तथा भगवती माविका शिक्षक तथा कर्मचारीबाट चार हजार पाँच रुपैयाँ, कबिर माविका शिक्षक तथा कर्मचारीबाटबाट एक हजार पांँच सय सहयोग प्राप्त भएको अभियन्ता अम्बिका भण्डारीले जानकारी दिए ।

पौडेलको उपचारका लागि सहयोग जुटाउने अभिप्रायका साथ केही दिन अघि मात्र बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुको एक भेलाले  पत्रकार केशु विरहीको संयोजकत्वमा ‘पत्रकार कमल पौडेल उपचार सहयोग समिति’ गठन गरेको थियो ।

समितिकाे गठनसँगै उत्तरी माेरङमा समेत तदारुपता पाएकाे छ । हाल सम्ममा ७०-८० हजारकाे हाराहारीमा रकम संकलन भैसकेकाे छ भने विहिवार पत्रकार सम्मेनल गरेर संकलित रकम सार्वजनिक गर्ने कार्यक्रम रहेकाे समितिले जनाएकाे छ ।

बिरामी पौडेल पहिले नेपाल समाचारपत्र दैनिकमा कार्यरत थिए । हाल उनी मकालु टेलिभिजनमा समाचार प्रमुखकको रुपमा कार्यरत छन् । व्लड क्यान्सर भएको थाहा भएपछि उनी हाल काठमाडौमा रहेको सिभिल अस्पतालमा भर्ना भइ उपचाररत छन् ।