पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई माईमा भब्य रूपमा गरियो वृहत गङ्गा आरती

  • २४ फाल्गुन २०७६, शनिबार

भरत शिवाकोटी/सुर्य खवास,झापा । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले शनिवार साँझ झापामा अवस्थित पुर्व क्षेत्रकै पवित्र धार्मिक नदी कनकाई माईमा वृहद गङ्गा आरती सम्पन्न गरेको छ ।

आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन,धार्मिक पर्यटन प्रर्वधन गर्दै वातावण संरक्षण र शुद्धीकरण गर्ने उदेश्यका साथ कनकाई माईमा गंगा आरती शुरु गरिएको ग्लोवल मल्टी कल्चर अर्गनाईजेशन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले बताए ।
नेपालकै प्रसिद्द काठमाडौं स्थित पशुपतिनाथ मन्दिर वागमती तटमा १३ बर्ष अघि वागमती गंगा आरती शुरु गराएर हालसम्म दैनिक आरती हुदै आएको र कनकाई माईमा पनि नियमित आरती संचालन गर्दै आन्तरिक तथा वाहिय धार्मिक पर्यटक भित्रयाउन सकिने धारणा अध्यक्ष बुढाथोकीले व्यक्त गरेका छन् । कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम संरक्षक रहने गरी कनकाई उद्योग बाणिज्य संघ सुरुंगाको व्यवस्थापनमा संध्याकालिन समयमा शुरु गरिएको आरतीमा ५ जना धार्मिक कलाकारहरुले धुप, बाती, कपुर द्वारा दिप प्रज्जवलीत गर्दै गंगा आरती शुरु गरेका थिए ।
संध्याकालिन आरती शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. १ का प्रदेश सभा सांसद हिराकुमार थापा, धार्मिक गुरु हेमानन्द गिरी, स्वामी भागतचार्र्य महाराज, कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, बिर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, नेपाली काँग्रेसका नेता तथा स्थानिय देउकुमार थेवे , बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले कनकाई माईमा आरती शुरुवात गर्नु कनकाई र झापावासी मात्र नभएर समग्र धार्मिक तथा कनकाई माईको इतिहाशलाई आमाजनमानसमा परिचित गराउने गौरवको विषय भएको बताउदै ग्लोवल मल्टी कल्चर अर्गनाईजेशन नेपाल धन्यवादको पात्र भएको बताए ।

कनकाई माईमा गङ्गा आरतीलाई निरन्तता प्रदान गर्न चुनौती रहेको चर्चा गर्दै कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले विशेसगरि कनकाईका सबै संघ संस्था नागरिक समाजले गंगा आरतीलाई महत्वका साथ लिन सके असम्भव भने नरहेको धारणा व्यक्त गरेका थिए ।
आरतीमा वरिष्ठ भजन गायक धर्म दास बुढाथोकीले भजन प्रस्तुत गरेर उपस्थित सयौं दर्शकहरुको मन खिच्दै आनन्दित तुल्याएका थिए भने कार्यक्रमको संचालन कनकाई उद्योग बाणिज्य संघका महासचिव तुलसी विमलीले गरेका थिए ।

स्मरण रहोस, ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन लामो समयदेखि नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएपनि सन् २०१९ मा विधिवत रुपमा सामाजिक संस्थाका रुपमा दर्ता भएर बहुसांस्कृतिक, धार्मिक तथा पर्यटनका क्षेत्रमा विशेष काम गर्दै आएको छ भने गत माघमा काठमाडौं भीमसेनगोलामा अवस्थित कालिनागेश्वर मन्दिरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

यसैबीच फागुन २४ र २५ गते बिर्तामोडमा आयोजना गर्न लागिएको महोत्सव भने कोरोना भाइरसको बढदो प्रकोपका कारण स्थगित गरिएको छ ।