धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण

  • २६ फाल्गुन २०७६, सोमबार

ईश्वर थापा, धनकुटा । निजी विद्यालयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला नेवा मिसा दबु र सौन्दर्य कला व्यवसायी संघ धनकुटाले देउराली मावि धनकुटा ८ मा अध्ययनरत ८० जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थीलाई झोला वितरण गरिएको नेवा मिसा खल धनकुटाकी अध्यक्ष रेण श्रेष्ठले जानकारी दिइन् । गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा विषेश ध्यान दिन अभिभावक र शिक्षकलाई उनले आग्रह गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामबहादुर बस्नेतले आठपहरिया मात्रै भएको विद्यालयमा निकै ठूलो सहयोग आएको आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिका ८ का वडाध्यक्ष सुमन राई, सौन्दर्य कला व्यवसायी संघ धनकुटाकी अध्यक्ष किरण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सुजता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।