जनस्वास्थ्य माेरङका प्रमुखद्वारा बेलबारी नगरपालिकाले बनाएको आईसाेलेसन वार्ड निरिक्षण

  • ९ चैत्र २०७६, आईतवार

जनस्वास्थ कार्यालय माेरङका प्रमुख ज्ञान बहादुर बस्नेतले बेलबारी नगरपालिकाले तयार पारेकाे आईसाेलेसन वार्डकाे निरिक्षण गरेका छन् ।

प्रदेश एकमै पहिलो पटक बेलबारी नगरपालिकाले आइसोलेसन वार्डको संचालमा ल्याएको छ । निरिक्षण पश्चात् जनस्वास्थ प्रमुख बस्नेतले अनुकरणीय काम गरेकाेमा बेलबारी नगरपालिकाकाे प्रशंसा गरेका थिए ।

 बेलबारी नगरपालिकाकाे कार्यपालिका बैठकले निर्णय गरेको २४ घन्टा नबित्दै १५ बेडको आइसोलेशन वार्ड तयार पारेको छ ।  बिहिबार मात्र नगर कार्यपालिकाको बसेर १५ बेडको आइसोलस वार्ड संचालन गर्ने निर्णय गरेको थियो ।

 पुर्व तयारी स्वरुप अस्थाई आइसोलेसन वार्ड तथा स्वास्थयकर्मीहरु तयारी अबस्थामा राखिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

उक्त आइसोलेसन वार्डमा अधा दर्जन भन्दा वढि स्वास्थयकर्मी खटाइएको छ । आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य अस्पतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए । सघ तथा प्रदेश सरकार संग सहकार्य गरेर केहि महिना भित्रनै १५ बेडको अस्पताल संचालन गर्ने समेत उनले बताए ।