दुई करोडको लागतमा सामुदायिक भवन बनाउँदै जमरकट्टेल वंश प्रतिष्ठान

  • २८ भाद्र २०८०, बिहीबार

जमरकट्टेल वंश एकता प्रतिष्ठानले मोरङको बैजनाथपुरमा सामुदायिक भवन निर्माण गरिरहेका छन् ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरुले करिब दुई करोडको लागतमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरेका हुन् ।

विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा १० औं वार्षिकसाधारण सभा गरिएको छ ।जमरकट्टेल वंश एकता प्रतिष्ठानको १० औं वार्षिक साधारण सभा यसै हप्ता सम्पन्न भएको हो ।

प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र कोषाध्यक्ष टिकाराम जमरकट्टेलले अघिल्लो बर्षकोआर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका सचिव रविन जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेल, सल्लाहकार चन्द्रप्रसाद जमरकट्टेल, अध्यक्ष कुमारमणी जमरकट्टेल, उपाध्यक्षद्वय कृष्णप्रसाद जमरकट्टेल र थीरप्रसाद जमरकट्टेल लगायत उपस्थित थिए ।  साधारण सभामा मोरङ, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायत जिल्लाका जमरकट्टेल बन्धुहरू सहभागी थिए ।