इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी

  • १९ चैत्र २०७६, बुधबार

इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा   मंगलबार पनि वजार अनुगमन गरिएको थियो  ।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार होलसेल सब्जि ब्यापारीले भन्दा खुद्रा ब्यापारीले वढी मूल्य वढाएको पाइएको छ । मंगलबार खुद्रा र होलसेल गरी १० वटा पसलको अनुगमन गरिएको थियो  ।

खुद्रा पसलेहरुले होलसेलवाटै महङगो आएको वताएका थिए । उता होलसेल पसलेहरुले त्यस्तो महङगो नगरेको जनाएका थिए  । वजार अनुगमनका होलसेल पसलवाट खरिद गरेको विल र विक्री गरेको मूल्य समेत जुधाएर हेरिएको उपमेयर गौतमले वताइन् ।

एउटा विल देखाएर अन्यन्त्रवाट सस्तोमा ल्याएको सब्जि समेत वेच्ने गरेको पाइएको छ । खाध्यान्न वाहेकका पसल गर्नेहरुले पनि सब्जि वेच्ने गरेको भेटिएको छ । मंगलबार खवरदारी र सचेत गराइएको छ उपमेयर गौतमले भनिन् अव त्यस्तो गरेको पाइए कानुन वमोजिम कारवाही हुनेछ ।

लक डाउनपछि हिजो पहिलो पटक अनुगमन गरिएको थियो । वजार अनुगमन जारी राखिने उपमेयर गौतमले जानकारी दिएकी छिन् ।