बिरामी लिनै मान्दैनन् अस्पताल, समयमै उपचार नपाउँदा धनकुटाकी नरदेवीको मृत्यु

  • १९ चैत्र २०७६, बुधबार

विराटनगरका अस्पतालले बिरामी लिन नमानेका कारण समयमै  उपचार नपाएर धनकुटाकी एक महिलाको मृत्यु भएको छ ।

कोरोनाको लक्षण हुनसक्ने आशंकामा अस्पतालले बिरामी लिन अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई शुरुमा परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए । तर बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरेको थियोे ।

छोरी लक्ष्मी गुरुङ राईका अनुसार १०२ डिग्री ज्वरो आएकोले नरदेेेेवीलाइ न्युरोमा पनि चिकित्सकले उपचार गर्न मानेनन् । त्यसपछि विराट नर्सिङ होम लगियो । लक्ष्मीका अनुसार ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशंकमा चिकित्सकले त्यहाँ पनि उपचार गर्न मानेनन् । त्यसपछि नोबेल अस्पताल पुर्याइयो ।  त्यहाँ उपचारका लागिभर्ना त गरियो तर उपचारका क्रममा दिउँसो लगभग ३ः३० बजेतिर नरदेवीको मृत्यु भयो ।

‘नरदेवीका दाजु समेत रहेका वडा अध्यक्ष शिवकुमारले सर्वसाधारणको उपचार अस्वीकार गर्ने अस्पतालको गैरजिम्मेवारीपना र गम्भीर लापरबाहीका कारण बहिनी गुमाउनु परेको गुनासो गरे । उनले विश्वभर फैलिएको कोरोनाको आशंकामा उपचार गराउनबाट अस्पताल नै पन्छिएपछि समस्या भएको बताए ।
चिकित्सकहरुले उपचार गराउँदा धेरै जोखिम बहन गरिरहनु परेको गुनासो गरेका छन् ।