स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा पठाए स्वास्थ्य सामग्री, युवा संघले बेलबारीमा दियो पीपिई

  • २८ चैत्र २०७६, शुक्रबार

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा स्थानीय तहमार्फत स्वास्थ्य सामाग्री र राहत पठाएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ का चार वटा स्थानिय तहलाई ढकालले स्वास्थ्य सामाग्री सहित प्रत्येक स्थानीय तहमा २५ हजारका दरले रकम पठाएका हुन ।

मोरङका सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउंँपालिकालाई शुक्रबार मन्त्री ढकालले स्वास्थ्य सामाग्री पठाएका छन् ।

यसैगरी राष्ट्रिय युवासंघ जिल्ला कमिटी मोरङ र नगर कमिटी बेलबारीले बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

युवा संघले ११ थान पिपिइ सेट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । कोरोना भाइरस सक्रमण वढिरहेको र स्वास्थ्य सामाग्री देशैभरी अभाव भइरहेको बेला रोग नियन्त्रण र उपचारमा सहयोग पुगोस् भन्ने हेतुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको युवासंघ बेलबारीका नगर अध्यक्ष कमल लिम्बु (सार्के) ले बताए ।