बिपन्नका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइदिन थाल्यो बेलबारी नगरपालिकाले
वडा नम्बर ११ मा पनि बन्दैछन् ४० वटा घर, वडा नम्बर ४ मा पनि २० घर बनाइने
- ९ जेष्ठ २०७७, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइ दिन थालेको छ ।
सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले बेलबारी ३ मा घर बनाइदिन थालेका हो । शुक्रवार बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले घरको शिलान्यास गरेका छन् । गरिव, असाय, एकल दलित तथा पिछडा वर्गहरुलाई नगरपालिकाले निशुल्क घर बनाइ रहेको नगर प्रमुख सुवेदीले बताए ।
नगरपालिकाको १ लाख ५० हजार सहारा नेपाल ह्याविटेड नेपालको १ लाख र स्थानियको श्रमदान ५० हजार गरी ३ लाखमा घर बन्ने साहारा नेपालका इनिजिनियर अनिल घिमिरेले बताए ।
यसअघि बेलबारी ११ मा पनि ४० वटा घरको निर्माण भइरहेका छन् ।घर बन्न थालेपछि घरकै कारण समस्यामा परेका परिवारहरु समेत खुसी भएका छन ।
नगरपालिकाले यसै आर्थिक बर्षमा १ सय वटा घर बनाई सक्ने घोषणा गरेको थियो । जस अनुसार वडा नम्बर ४ मा पनि २० वटा घर निर्माण गरीने र चाँडै निर्माण थालिने नगरपालकाले जनाएको छ ।
यो पनि …
सहारा र ह्याविटेड नेपालको सहकार्यमा बिपन्नलाइ सयवटा घर बनाइदिँदै बेलबारी नगरपालिका