अनलाइनबाटै विश्वब्यापी गायन र नृत्य प्रतियोगिता गराउँदै अन्तरास्ट्रिय कलाकार समाज

  • २५ जेष्ठ २०७७, आईतवार

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्धारा प्रत्येक बर्षआयोजना गर्दै आएको बिश्वब्यापी गायन र नृत्य प्रतियोगिता यो बर्ष अनलाइन मार्फत हुने भएको छ ।

अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु भैरहेको त्यसै क्रममा अंशको रुपमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्वारा विस्वब्यापी रुपमा अनलाइन मार्फत नेपाली गायन र नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।

यसै परिप्रेक्षमा नेपाली कला संस्कृतिको विश्वव्यापी संरक्षण, संवर्द्धन कार्यहरुका साथै कलाकारहरुलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गरी कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले आफ्नो कार्यक्रमलाई नियमित राख्दै विश्वव्यापी रुपमा अनलाइन नृत्य तथा गायन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

अनलाइन माध्यमबाट कोरोनाको महामारीको कारण परेको मानसिक तनावलाई न्यूनिकरण गर्दै ब्यक्तिहरुमा अन्तर्निहित सिर्जनशिलतालाई अभिप्रेरित गर्ने तथा लकडाउनको अबस्थालाई सदुपयोग गर्दै हाम्रा कलाकारहरुको प्रतिभालाई विश्वव्यापी रुपमा प्रदर्शन गर्न मद्धत पुर्याउने उद्धेस्य सहित प्रतियोगिता आयोजना गर्न लागिएकोले विश्वव्यापी प्रतियोगितामा सहभागिता जनाउन इच्छुक कलाकारहरुमा अनुरोध गरिएको छ ।