ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा

  • २९ असार २०७७, सोमबार

बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति ‘कट्टु’ सार्वजनिक गरेकाे छ ।

बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए ।

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले साहित्य, कला र संस्कृतिकाे विकासमा नगरपालिका सधैँ लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

नगरप्रमुख सुवेदीले बेलबारी नगरपालिकाले यसै वर्षदेखि बेलबारी प्रज्ञा प्रतिष्ठान खाेल्ने घाेषणा समेत गरे ।

विमिचित कृतिकाे बारेमा साहित्यकार एज एम तामाङले टिप्पणी गरेका थिए । कार्यक्रममा उपप्रमुख ढाकाकुमारी पराजुली “तारा”ले शुभकामना मन्तव्य राखेकी थिईन् ।