मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन

  • ४ श्रावण २०७७, आईतवार

केशु विरही, बेलबारी, माेरङ/  मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै  बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ ।

वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको
कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे हो ।

आईतबार जिल्ला डिविजन वन कार्यालयकाे सभाहलमा आयाेजित कार्यक्रममा प्रदेश नं १ का उद्याेग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव संजीवकुमार राईले रमितेलाई उत्कृष्ट एककाे पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

त्यसैगरी  हिउचुली सामुदायिक केराबारी दाेश्राे र जागरण सामुदायिक वब सुन्दरहरैंचा तेश्राे भएका छन् ।

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरे, सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझी, सव डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम आमात्य लगायतका विभिन्न सामुदायिक वनका पदाधिकारी तथा वन संरक्षण अभियन्ताहरुको उपस्थिति थियाे ।

यसले आफूहरुलाई उत्साह थपेकासाथ जिम्वेवारी पनि थपिएकाे महसुस भएकाेले थप जिम्वेवार भएर अघि बढ्ने रमिते सामुदायिक वन उपभाेक्ता समूहका अध्यक्ष प्रेमबहादुर राई बताउँछन ।

सुरुङमार्ग सहितकाे रमिते भ्यूटावरकाे निर्माणमा लागिरहेकाे याे सामुदायिक वन गतवर्ष पनि उत्कृष्ट एकमा परेकाे थियाे ।