माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल

  • ५ चैत्र २०७८, शनिबार

नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् ।
बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।

स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।

एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता      माया घरमा आश्रितहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ ।                      असहायहरुको तथा उपचारका लागि एक बर्षसम्मका लागि अस्पतालले माया घरका आश्रितहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौता पछि आश्रममा बसिरहेका ब्यक्तिहरु खुशी भएका छन् ।