इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार

  • १० चैत्र २०७८, बिहीबार

झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको भिडियो एक्सरे, १ सय १४ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत खोलिएको छ ।