थाक्रे, ब्रह्मखेल, चुनिखेल र लामपोखरीमा केएमसीको शिविर, ४ हजारको निःशुल्क उपचार 

  • २० चैत्र २०७८, आईतवार

धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

  काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवा क्लबको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो । शिविरमा १ हजार १ सय ९४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २ सय २१ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९७ जनाको भिडियो एक्सरे र १ सय ९ जनाको मुटुको जाँच (ईसीजी) पनि गरिएको छ ।
त्यस्तै दाँतको समस्या भएका ५३ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

 ब्रह्मखेलमा पनि निःशुल्क स्वास्थ्य शिविर 

काठमाडौं मेडिकल कलेज र सोमलिङ्गेश्वर मन्दिर संरक्षण समितिको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमाएकदिने शिविर सञ्चालन गरिएको हो ।
कागेश्वरी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९ सय २१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १ सय ६७ जनाको रक्त परीक्षण, १ सय ५३ जनाको ईसीजी र ९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीले जनाएको छ । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजनकले जनाएको छ ।

चुनिखेलमा एक हजार बिरामीको निःशुल्क उपचार
बुढानिलकण्ठ –१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

जीपी कोइराला मेमोरियल र  काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
उपचारका लागि शिविरमा आएका १ हजार १३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय ९७ जनाको रक्त परीक्षण, १ सय २९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँच गरिएको छ । त्यस्तै ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।
लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिको हो ।
जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७ सय ८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १ सय ७५ जनाको भिडियो एक्सरे, १ सय २१ जनाको रक्त परीक्षण र १ सय ९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

त्यस्तै ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका २३ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
डा. सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिइरहेको छ ।