दोलाल घाट र पाइसकोटमा केएमसीको शिविर, दुईहजारभन्दा बढीले गराए जांच तथा उपचार

  • २९ चैत्र २०७८, मंगलवार

काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चाल गरिएको हो । विद्यालय प्रांगणमा सञ्चालित शिविरमा १ हजार १ सय ७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २ सय १३ जनाको रक्त परीक्षण, १ सय ८६ जनाको भिडियो एक्सरे र ९७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ४३ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

पाइसकोटमा पनि निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ स्थित पाइसकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र जीपी फाउन्डेसन क्षेत्र नंम्बर ४ को सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ४ को कार्यालय परिषरमा सञ्चालित शिविरमा ९ सय ७३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २ सय ११ जनाको रक्त परीक्षण, १ सय ९२ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।